स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

शौचालय बनाउन सोच परिवर्तन आवश्यक : मुख्यमन्त्री राउत

सेयर गर्नुहोस

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा उहाँले भन्नुभयो, “सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने छ ।”

मुख्यमन्त्री राउतले धनुषा र महोत्तरी जिल्लामा सञ्चालित खुला दिसामुक्त अभियानमा सहयोग गर्नका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताका लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गरिदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुले निर्माण गर्नुपर्ने स्थानबारे जानकारी गराउनुस्, प्रदेश सरकारले त्यहाँ सार्वजनिक शौचालय बनाउँछ ।” मुख्यमन्त्री राउतले प्रदेश सरकारले सञ्चालन गरेको स्वच्छता अभियानअन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको पनि जानकारी गराउनुभयो ।

‘सम्पूर्ण प्रदेशवासीको महत्वपूर्ण अभिभारा खुला दिसामुक्त एवं स्वच्छ बनाऔँ, गाउँ शहर सारा’ भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति प्रदेश नं २ ले आयोजना गरेको कार्यशालामा धनुषा र महोत्तरीका गाउँ र नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।

सो अवसरमा उनीहरुले आउँदो असार १५ सम्म आफ्नो पालिकालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धनुषामा ९५ र महोत्तरीमा ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको तथ्याङ्कले देखाएको छ । (

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -