स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

विराटनगर आसपासमा प्रदेशको राजधानी रहने’

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., karnali pardes,karnali province
सेयर गर्नुहोस

देश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी विराटनगर आसपास क्षेत्रमा रहने गरी टुङगिएको बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेशस्तरीय बैठकले स्थायी राजधानीको विषयमा निर्णय गरेको र नामकरणका सम्बन्धमा छलफल जारी रहेको उहाँले बताउनुभयो ।

उहाँले सबैको भावनालाई सम्बोधन हुने गरी पार्टीले प्रस्ताव तयार पारेको प्रष्ट पार्नुभयो । उहाँले पार्टीबाट टुङ्ग्याइएको राजधानीको विषयमा संसदीय दलमा छलफल भई सहमति कायम गरी प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलसँग आवश्यक परामर्श गरी यही वैशाख २२ गते ११ गते बस्ने प्रदेशसभा बैठकमा दर्ता गरी वैशाख २३ गते सार्वजनिक गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश नामका सम्बन्धमा पार्टीभित्र छलफल जारी रहेको र राजधानीलाई प्राथमिकता दिई टुङग्याइएको धारणा व्यक्त गर्नुभयो । उहाँले वृहत विराट विकास क्षेत्रमा स्मार्ट, स्याटलाइट, स्र्पोट सिटी र अन्तर्राष्टिस्तरको संरचना निर्माण गरिने जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -