गलकोट, २९ चैत :पूर्वशिक्षामन्त्री तथा राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले शिक्षक समृद्धिका अगुवा भएको बताउनुभएको छ ।
बागलुङमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समितिको संयुक्त आयोजना सम्पन्न ४०औँ शिक्षक दिवसमा नेता शर्माले जनताको चेतना भर्ने पहिलो दायित्व शिक्षक भएको बताउनुभयो ।
उहाँले समृद्ध नेपाल निर्माण गर्नका लागि आवश्यक कदम चाल्न सम्पूर्ण शिक्षकलाई आग्रह गर्नुभयो । “शिक्षकलाई अनावश्यक दमन गर्नु हुँदैन”, नेता शर्माले भन्नुभयो ।