स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

अपाङ्गतामैत्री कानून बनाइने

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., serdhan rai, karnali pardes, cm of karnali province
सेयर गर्नुहोस

विराटनगर, २५ चैत :प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भन्नुभयो ।

उहाँले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाइसकेकाले ती समूह पनि निकट भविष्यमा राष्ट्रिय राजनीतिको मूलधारमा आउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक महाङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएकाले अहिले पनि धेरै समस्या झेलिरहेकाले सरकार यसतर्फ गम्भीर हुनुपर्छ भन्नुभयो । महासङ्घका महिला उपाध्यक्ष टीका दाहाल र डेनमार्क अपाङ्ग महासङ्घका प्रतिनिधि रेणु लोहनीले अपाङ्गता भएकालाई दया होइन अवसर दिनुपर्छ भन्नुभयो । चैत २६ गतेसम्म चल्ने सो महाधिवेशनमा प्रतिनिधि ७१० र पर्यवेक्षक ६० जना छन् ।

देशभरमा महासङ्घमा अपाङ्गताको क्षेत्रमा काम गर्ने ३३१ वटा सङ्घ संस्था आवद्ध रहेको राष्ट्रिय अपाङ्ग महाङ्घ नेपालका कर्मचारी ईश्वर रैलाले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -