स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

नयाँ वर्षको अवसरमा व्यापार मेला

सेयर गर्नुहोस

भक्तपुर, ५ चैत: नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत् औद्योगिक मेला हुने भएको छ ।गर्न लागेको हो ।  औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला’ आयोजना

आयोजक संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले मेला आगामी चैत २१ गतेदेखि वैशाख २ गतेसम्म हुने जानकारी दिनुभयो । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा मेला आयोजना गर्न लागेको उहाँले बताउनुभयो । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा सञ्चालन गरिने मेलामा २०० भन्दा बढी कक्ष रहनेछ ।

मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धन गर्ने कक्ष रहनेछ । मेला संयोजक दीपक थापाले यस वर्ष मेलामा खुला भलिबल प्रतियोगितासमेत सञ्चालन गरिने बताउनुभयो । मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । करीब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको सो मेलामा रु १० करोडदेखि रु १२ करोडको कारोवार हुने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -