स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

टोटी नालामा तटबन्ध निर्माण

सेयर गर्नुहोस

कञ्चनपुर, १ चैत । जग्गा भूक्षय हुन नदिन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित टोटी नालामा रु ५० लाखको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ ।सिँचाइ कार्यालयको सहयोगमा नालाको चार ठाउँमा तटबन्ध निर्माण शुरु गरिएको र तीे तटबन्ध २५० मिटर लामो र तीन मिटर उचाइको हुने वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो ।

तटबन्ध निर्माणका लागि एक हजार ७०० घनमिटर ढुङ्गा र ४५० वटा ग्याबिन जाली प्रयोग गरिने र यसबाट २३० भन्दाबढी परिवारको जग्गाको सुरक्षाका साथै नजिकै रहेको क्याम्पसको जग्गापनि संरक्षण हुने उहाँको भनाइ थियो ।वर्षेनी नालामा वर्षात्का बेला आउने बाढीले जग्गा कटान गरी बगाउन थालेपछि रोकथामका लागि तटबन्ध निर्माणमा जोड दिइएको वडाध्यक्ष ऐरले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -