स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

स्वर सम्राट नारायणगोपालको सम्झना

सेयर गर्नुहोस

काठमाडौँ, १५ मङ्सिर : स्वर सम्राट नारायणगोपालले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान उल्लेखनीय रहेकोमा जोड दिइएको छ ।

नारायणगोपालको २८ औँ स्मृति दिवस एवं सङ्गीत शिला प्रतिष्ठानको १५ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सांसद गगनकुमार थापाले स्वरकै माध्यमबाट स्रोतालाई मन्त्रमुग्ध बनाउनुहुने उहाँले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।

कार्यक्रममा सङ्गीतकार डा ध्रुवेशचन्द्र रेग्मी, प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद प्रसाईँलगायतले नारायणगोपालले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभयो । प्रतिष्ठानको साधारणसभाले प्रसाईँकै अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, महासचिवमा त्रिलोचन पौडेल, सचिवमा वसन्तकेशर पण्डित र कोषाध्यक्षमा मीना पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यमा योगराज ढकाल, माधव चालिसे, श्यामसागर श्रेष्ठ र दुर्गा गिरी रहनु भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -