स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रियसभा सदस्य निर्वाचन : संविधानको रक्षाका लागि गठबन्धन

सेयर गर्नुहोस

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवारले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।

गण्डकी प्रदेशअन्तर्गतका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मतदाता रहने निर्वाचनका लागि उम्मेदवारहरुले मतदातासँग भेटघाट तीव्र बनाएका हुन् । हालसम्म नवलपुर, लमजुङ र गोरखामा मतदाता भेटघाट सकिएको छ भने आज तनहुँमा मतदातासँग भेटघाट एवं अन्तरक्रिया गरिएको छ ।

नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियारले निर्वाचनमा जीत सुनिश्चित रहेको र घोषणामात्र हुन बाँकी रहेको बताउनुभयो ।

सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले संविधानको रक्षाका लागि गठबन्धन गरिएकाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले संविधानको विरुद्धमा लागेको तत्वलाई निस्कृय बनाउन गठबन्धनलाई अझै बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा दलका नेता हरिबहादुर चुमानले यसअघिको निर्वाचनमा मत बदर भएकाले यसपटकको निर्वाचनमा मत बदर हुन नदिन सचेतना जगाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, पूर्व प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य कलिला खान लगायतले देश विकास र समृद्धिका लागि अहिलेको गठबन्धन अपरिहार्य रहेको चर्चा गर्नुभयो ।

राष्ट्रियसभा सदस्यहरुले माघ ९ गतेसम्म प्रचारप्रसार र मतदाता भेटघाटलाई निरन्तरता दिने जनाइएको छ । मतभारका दृष्टिले निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देखिएको छ । राष्ट्रियभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशसभामा ६० र स्थानीय तहका एक सय ७० मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ ।

प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -