स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन

सेयर गर्नुहोस

गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०÷०८१ म्याग्दीका ६८ सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत म्याग्दीमा आगामी आवमा ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक पुलसम्बन्धी आयोजना कार्यान्वयन हुने भएका हुन् ।

ती सबै आयोजनाका लागि रु ७३ करोड बजेट विनियोजन भएको गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक योजना पुस्तिकामा उल्लेख छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सडक आयोजनामा विनियोजन भएको बजेट कालोपत्र, नाली निर्माण, ढलान, सोलिङ र स्तरोन्नतिमा लगानी गरिने बताउनुभयो ।

“म्याग्दीमा प्रदेश सरकारमार्फत सञ्चालित तीन वटा पुराना सडक आयोजना सम्पन्न गराउन बजेट बिनियोजन भएको छ”, उहाँले भन्नुभयो, “म्याग्दीका आठ÷दश वटा शीर्षकबाहेक सबै नयाँ सडक आयोजना भित्रिएका छन् ।” क्रमागतरुपमा सञ्चालनमा रहेका बेनी–दरवाङ सडकलाई रु चार करोड, गलेश्वर–पिप्ले–भगवतीलाई रु तीन करोड, ठेक्का प्रक्रियामा रहेका अदिभारा र अर्जेखोला सडक पुललाई रु एक करोड ५० लाख÷एक करोड ५० लाख, दरवाङ–दाङखोला–धारापानी–ताकम सडकलाई रु एक करोड, दाङखोला सडक पुललाई रु ७५ लाख, अर्कला मोटरेबल पुललाई रु ३० लाख र छ्यारछ्यारे सडक पुललाई रु ६० लाख बजेट विनियोजन भएको छ ।

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकलाई रु पाँच करोड, दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिलाई रु पाँच करोड, दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि रु चार करोड, बेनी–तोरीपानी हुँदै पाखापानी सडकलाई रु चार करोड बजेट विनियोजन भएको छ । यी आयोजनाको डिपिआर बनाएर बहुवर्षे ठेक्का लगाइने भएको छ ।

दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बागलुङ, लुलाङ–गुर्जा सडक र पखेर–बरङ्जा–बुकेनी–धापुङ सडकलाई रु दुई÷दुई करोड विनियोजन भएको छ ।

रु एक करोडका दरले बजेट विनियोजन भएका सडकमा बिम–मराङ–मल्कवाङ–कुहिने–ठाडाखानी–पाखापानी, रघुगङ्गा गाउँपाकिलाको केन्द्र मौवाफाँटदेखि फूलबारी–मतारे–अक्षेत–सिजलगाउँ–धुपीचौरा हुँदै रुइसे सडक स्तरोन्नति, अन्नपूर्ण गाउँपालिकाको महभिर–दोसल्ले–काफलडाँडा नागी सडक, मङ्गलाको पोक–पिपलबोट–छिस्वाङ–छ्यारछ्यारे सडक, दर्वाङ–देवीस्थान, दरवाङ–देवीस्थान–ताकम सडक रहेका छन् ।

रु एक÷एक करोड बराबरको ठेक्का आह्वान भइसकेको सिङ्गा सिस्नेरी–डाडाखेत–पुलाचौर–गान्धे–जगन्नाथ हँुदै ढोलथान र पोक–नेटा–अर्मन–किमचौर–देउराली सडकलाई रु ५०÷५० लाख विनियोजन भएको छ । रु ५० लाखका दरले बजेट बिनियोजन भएका अन्य सडकमा डल्लेपिपल–राहुवडा–फोहटे–जामुनाखर्क, भगवती अधेरीखोला–खहरेखोला सडक स्तरोन्नति, घारखोला–पाउदुर–किन्दु–स्वाँता, मालिकाको घाङ्लेपानी–दुर्लेक, कल्लेनी–मराङ–राम्चे सडक आयोजना रहेका म्याग्दी क्षेत्र (क) बाट निर्वाचित प्रदेश सांसद हरि भण्डारीले बताउनुभयो ।

बेनपा–९ को कानेखोर तिनमाने–हटिया–पुलाश्रम, बेनी–ठुलोखबरा–अर्जम, खबरा–अर्जम मोटरबाटो, मौवाफाँट–घट्टेखोला–माछेखोला–दुलेपानी, रघुगङ्गाको रिजाल कुलमन्दिरदेखि हुमेनटोल–डढेकोट– सिजलगाउँ, बेनपा–१ को पिपलडाडाँ–दमाह–चौतारो मोटरबाटो स्तरोन्नति, बेनपा ६ र ५ को देउराली–भराले–पुत्लेढुङ्गा–पुला–भिरमुनि हुँदै कुहुँ सडक, अन्नपूर्ण–६ को पोखरेबगर–बैसरी सडक स्तरोन्नतिका लागि रु ३०÷३० लाखका दरले बजेट विनियोजन भएको छ ।

मङ्गला–२ को हिदी र मालिका–६ को दुखु सडक स्तरोन्नतिका लागि रु ८० लाख, मालिका–४ को चिउरीबोट–सिस्नेरी सडक र बेनपा–९ गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी बाटो स्तरोन्नतिमा रु ४०÷४० लाख तथा मालिका–६ दरवाङको जनप्रिय माविदेखि उपल्लो दरवाङ सडक स्तरोन्नतिका लागि रु ६५ लाख बिनियोजन भएको छ ।

बेनपा–६ को अवैचौरको घुम्तीदेखि नेपाने राममन्दिर सडक स्तरोन्नति, अन्नपूर्णको घारखोला–नेपाने–किन्दु सडक स्तरोन्नति, गलेश्वर मन्दिरदेखि पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार जोड्ने सडक, मालिका–५ को पन्थोक सडक स्तरोन्नति, मङ्गलाको कुहुँ सडक स्तरोन्नति, थाइवाङ सडक र नाली योजना, मुदी सडक र नाली निर्माण, बिम तल्लोगाउँ डाडागाउँ बाटो स्तरोन्नति तथा नाली बनाउन, सिम–डडुवा–टोड्के सडक, आनन्दबगर–ढोडेनी सडक, कास्कीको उल्लेरी र म्याग्दीको घोडेपानी वैकल्पिक सडक, चित्रे–घोडेपानी, बेनपा–१० को दीपक मावि पछाडिको वाइ चोकदेखि हिलासम्मको सडक स्तरोन्नति, घ्याँसीखर्क मुस्ताङ लेते सडक, पोक भोर्लेनी, कोटगाउँ–रायखोर, धौलागिरिको सोलवाङ सडकलाई रु ३०÷३० लाखका दरले विनियोजन भएको छ ।

मालिकाको शिवरात्रीखोला पुललाई रु ५० लाख, रघुगङ्गाको कालावाङ सडक पुललाई रु ३० लाख र धौलागिरिको गुर्जा जोड्ने सडकको दरखोला मोटरेबल पुल बनाउन रु ८० लाख विनियोजन भएको छ । झोलुङ्गे पुलको निर्माणका लागि र एक करोड, पाउद्वार तातोपानी झोलुङ्गे पुललाई रु ७५ लाख र धौलागिरिको जापानीज आधार शिविरमा झोलुङ्गे पुल बनाउन रु ३२ लाख विनियोजन भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरि मालिका–७ को प्रभुचेला ध्यान आश्रममा पूर्वाधार बनाउन रु ५० लाख, पुँजीगत अनुसन्धान तथा परामर्श शीर्षकमा रु ५० लाख, प्रादेशिक सडक सुरक्षा कार्यक्रमलाई रु ५० लाख, सालबसाली रुपमा सम्पन्न गर्ने गरी सुरु भएका तर सम्पन्न हुन नसकी दायित्व सिर्जना भएका योजनाको भुक्तानीका लागि रु एक करोड, कालोपत्र÷ग्राभेल÷माटे सडक सतहको नियमित आवधिक र आकस्मिक मर्मतमा रु ३३ लाख, बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुल र झोलुङ्गे पुलको आकस्मिक पुनःस्थापनामा रु एक करोड, सरकारी भवन मर्मतसम्भार तथा निर्माण शीर्षकमा रु ५० लाख विनियोजन भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -