स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

मेलानको १७औ स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर

melan health camp
सेयर गर्नुहोस

मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल ( मेलान ) ले आफ्नो १७औ स्थापना दिवस बुढानिलकण्ड – ४ काठमाडौ अवस्थित “पवित्र समाज सेवा नेपाल ” मा रहेका ३५ जना बालबालिकाहरु र ३० जना वृद्धाहरूको निशुल्क स्वास्थ्य जाँच गरि मनाएको छ।

मेलान केन्द्रीय कार्य समिती द्वारा आयोजित स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा. प्रगति भण्डारी घिमिरे , जनरल फिजिसियन डा. शुशील बोहरा र डा.सौरभ सुनार द्वारा सेवा प्रदान गरिएको थियो ।

सो अवसरमा निशुल्क औषधी वितरण, प्रयोगशाला जाँच समेत गरिएको कुरा मेलानका महासचिव रेशम अधिकारी ले जानकारी गराउनु भयो।

यसको साथै सो आश्रम मा आवश्यक औषधी हरु, सेनेटरी प्याड, चामल, दाल, तरकारी, मासु लगायत रासन समेत वितरण गरिएको मेलान केन्द्रीय अध्यक्ष राजेन्द्र खडका ले जानकारी गराउनु भयो।

सो आश्रम सञ्चालिका दिक्षा ज्यूले लामो समय देखि स्वास्थ्य जाँच नपाएकोले आज यस कार्य बाट आफु धेरै खुशी भएको भन्दै मेलानलाई धन्यवाद प्रदान गर्नु भएको थियो।

Melan Health Camp
सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -