स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले पायो पूर्णता

election commission nepal
सेयर गर्नुहोस

नेपाली कांग्रेसले पार्टीको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्यहरु मनोनयन गर्नुभएको हो ।

समितिको सदस्यहरुमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ ।

यसैगरी समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बालकृष्ण खाँण, पद्मनारायण चौधरी, एनपी साउँद, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, डा डिला सङ्ग्रौला, लक्ष्मी परियार, योगेन्द्र चौधरी मनोनित हुनुभएको छ ।

सभापति देउवाले केन्द्रीय सदस्यहरु महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, मधु आचार्य, मदनबहादुर अमात्य, उमेशजङ्ग रायमाझी, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रङ्गमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला, सीताकुमारी राना र जीवन रानालाई समिति सदस्यमा मनोनित गर्नुभएको छ । समितिको बैठक भोलि चैत १७ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

‘कांग्रेसले चुनावी तालमेल गर्न छलफल अगाडि बढाउँदै’

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकतानुसार चुनावी तालमेल गर्ने निर्णय गरेपछि कञ्चनपुर कांग्रेसले छलफल अगाडि बढाउने तयारी गरेको छ ।

कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर बलायर तालमेल विरुद्ध देखिएकाले छलफल गरी अघि बढ्न खोजिएको हो । कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले केन्द्रको निर्णयानुसार तालमेलका लागि छलफल गरी अघि बढ्ने बताउनुभयो । “तालमेलको निर्णय भएको छ, त्यसका लागि नेताहरुसित छलफल गर्छौँ”, उहाँले भन्नुभयो, “त्यसका आधारमा मात्रै कञ्चनपुरमा तालमेलको आवश्यकता छ छैन भनेर जान्छौँ ।” कांग्रेस सुदूरपश्चिमका अध्यक्ष बलायलरले तालमेल नहुने भन्दै आएकाले पनि केन्द्रको निर्णयपछि छलफल गरेर मात्रै अघि बढ्ने उहाँले बताउनुभयो ।

अध्यक्ष बलायरले कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नभएको र चुनाव जित्न बलियो भएको तर्क अघि सार्दैै चुनावी तालमेल गर्न नहुने अडान लिँदै आउनुभएको छ । कञ्चनपुरमा नौ स्थानीय तह छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा सत्तारूढ कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले दुई÷दुई ठाउँमा जितेका थिए । अन्य पाँचमा नेकपा एमालले जितेको थियो ।

अहिले एमाले विभाजन भएर चुनावी मैदानमा जान लागेको छ । कांग्रेस एमाले विभाजनको फाइदा उठाउने गरी चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीति बनाएर अघि बढेको छ । “कांग्रेस अहिले बलियो नै छ, तालमेल नगरी पनि जित्न सकिन्छ”, सचिव भट्टले भन्नुभयो, “तैपनि छलफल गरी अघि भने बढ्छौँ ।” ‘कांग्रेस घर घर जाऔँ’ अभियान लिएर अहिले चुनावी घरदैलोमा छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -