स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

रक्सीबारे रोचक इतिहास

सेयर गर्नुहोस

सन्सारमा सबैभन्दा पहिला रक्सी बनाउने भट्टि एउटा ठुलो सिमलको फेदमा बनाईएको थियो।त्यो रुखको हागामा एउटा कोइली र मैना पनि बस्थे त्यो रुखको छहारिमा बाघ र सुँगुर पनि बिश्राम गर्न आउथे ।

रक्सी बनाएको पहिलो दिन नै त्यो रुखमा आगो लागेछ र त्या भएका कोइली मैना बाघ र सुँगुर पनि डढेर मरेछन अनि तिनिहरु चारैको आत्मा रहेको रक्सी भित्र प्रबेश गरेछ
त्यसैले ….

रक्सी पिएको दुई प्याक पछि कोइलिको आत्मा हामी भित्र पस्छ र मिठा मिठा कुराहरु गर्न आउँछ, तीन प्याकपछि मैनाको आत्मा जाग्छ र एउटै कुरा हामी ट्या ट्या ट्या गरिरहन्छौ चौथो प्याकपछि बाघको आत्मा जाग्छ, अनि त कसको के लाग्छ सारा टोलभरी नै आफू डन दादा जस्तो लाग्छ र सबैलाई थर्काउन मन लाग्छ, पाँचौ प्याकमा त पुरै झ्याप अनि जाग्छ सुगुरको आत्मा …त्यसपछी त थाहै होला सिधै नालिमा ….

सुबास काफ्ले
सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -