स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

सात महिनामा १२ अर्ब राजस्व सङ्कलन

taxx - राजश्व
सेयर गर्नुहोस

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३१ करोड कम राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा रु ११ अर्ब ७५ करोड ७२ लाख सङ्कलन भएको छ । जस्मा रु १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयोे ।

आयकरमा रु ३० करोड ७७ लाख ९७ हजार,मूल्य अभिवृद्धि कर (भ्याट)मा रु १७ करोड २७ लाख ९० हजार, ब्याजमा रु तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा रु एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा रु ८२ लाख ५२ हजार राजस्व सङ्कलन भएको उहाँको भनाइ थियो । कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -