स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

निस्दीमा कर्मचारीको सेवा वृद्धि

Palpa, nepal - The Times Of Nepal
सेयर गर्नुहोस

पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिकाभित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ ।

गाउँसभाले विद्यालय सञ्चालनको स्तर अनुसार तलब निर्धारण गरेको हो । माध्यमिक विद्यालयमा कार्यरत लेखापालको तलव मासिक रु १६ हजार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको रु १५ हजार ४०० पु¥याइएको छ ।

कक्षा १ देखि ३ सम्म पठनपाठन हुने विद्यालयका कार्यालय सहयोगीको रु १५ हजार र कक्षा १ देखि ५ सम्मकाको रु १५ हजार १०० तलब कायम गरेको छ । यसैगरी कक्षा १ देखि ८ सम्मका विद्यालयमा कार्यरत कार्यालय सहयोगीको रु १५ हजार २०० र १२ कक्षासम्मका विद्यालयमा कार्यरतको तलब रु १५ हजार ३०० पु¥याइएको छ ।

शिक्षक, पत्रकार र कर्मचारी सम्मानित

गाउँसभाले शिक्षक, पत्रकार र कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा जनता मावि निस्दी, गल्धाका गीमबहादुर जर्घा, मित्याल आधारभूत विद्यालय निस्दी, मित्यालकी तम्सरी खाम्चा, जीवनज्योती आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्रसिंह आलेलगायत रहेका छन् । उहाँहरुलाई जनही रु १० हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -