स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

यस्तो छ- गायक बुद्धिसागर बस्यालको ‘ माकुरी ‘

Buddhi Sagar Bashyal
सेयर गर्नुहोस

बरिष्ठ गायक बुद्धिसागर बस्यालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । हालै आफ्नै युट्युब मार्फत बस्यालले माकुरी बोलको म्‍युजिक भिडियो सार्वजनिक गरेका हुन् ।


गीत सार्वजनिक गर्ने क्रममा द टाईम्स अफ नेपालसँग कुाराकानी गर्दै बरिष्ठ गायक बुद्धिसागरले आफु स्वदेश वा विदेशमा हुँदा दर्शक श्रोताको अटुट माया पाईराखेको र उहाँहरुकै अनुरोधमा आफुले गीत गाएको बताउँदै, पहिलेका गीतहरुले जस्तै यो लोकगीत “माकुरी”ले पनि सर्वाधिक माया पाउने विश्वास प्रकट गरेकाछन ।

बुद्धिसागर बस्याल र टीका पुनको स्वर रहेको उक्त गितको संगीत तथा सब्द एक नारायण भण्डारी को रहेकोछ भने म्युजिक भिडियो निर्देशन निसान बानियाले गरेका छन ।

लामोसमयसम्मको क्यानडा बसाइ पछि स्वदेश फर्केका गायक बस्याल पुनः नेपाली गितसंगीतको क्षेत्रमा समर्पित भएका छन् । स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव हासिल गरेका बस्याललाई लोकसंगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक मानिन्छन् ।

शुभविवाह, बुढेसकालैमा, डाँफे नाचेर, बाजेका पालामा, छमछम पाउजुले, थिरिथिरी बाबु, लगाउ पीरती, लाहुरे, परेली, चश्मा लाएर लगाएतका गितहरुबाट संगित क्षेत्रमा सर्वाधिक चर्चा बटुल्लन सफल बस्यालका गीत समय सान्दर्भिक र जनजिब्रोमा झुण्डिरहेको पाइन्छ ।

गायक बस्यालको गितमाकुरी उनकै युटुवबाट हेर्न सकिने छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -