स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

सेनाको व्यावसायिक तालिम केन्द्र निरीक्षण

Nepalese Army Forces- The Times Of Nepal
सेयर गर्नुहोस

नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले आज निरीक्षण गर्नु भएको छ । लमजुङको बेँसीशहर वडा नं. २ बगालेगाउँमा निर्माणाधीन केन्द्रको निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार राम्रो बनेको र क्षेत्रफल पनि पर्याप्त भएकाले आगामी दिनमा प्राविधिक ज्ञान, सीप र अध्ययन गर्न यसले सहयोग पु¥याउने बताउनु भयो ।

निरीक्षण टोलीलाई क्याम्पसका प्राचार्य श्याम घिमिरेले हालको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । केन्द्रलाई रुपान्तरण गरी नेपाली सेना कृषि विज्ञान अध्ययन संस्थानको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेसँगैे विएस्सी एजी अध्यापन गर्ने प्रक्रिया समेत अघि बढेको श्रीजंग गणका गणपति जयराम थापाले बताउनुभयो ।
झण्डै १३ करोड रुपैयाँ लगानीमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त क्षेत्रमा बाख्रा, गाई, बंगुर, कुुखुरापालन गरिएको छ भने तरकारी खेतीसमेत गरिएको छ । केन्द्र करिब ४ सय रोपनी क्षेत्रफलमा पैलिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+भारद्वाज

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -