न कुनै सैद्धान्तिक विवाद, न विवाद विचारमा
खै कसरी आँट गर्छौ ? खै चमक तिम्रो मुहारमा !!!
फुटाएर पार्टी बन्छ भन्थे के भो ५४ सालमा ?
के थे सिपि के छन् अहिले, विनाशको समयमा !!!
बरु चुनाव आट्नुपर्थ्यो, लाग्यौ झल्लरेका पछि
प्रतिगामी हुनेछौ झन् राजिनामा दिए पछि !!!
कसरी आट्ने राजिनामा जनता टुहुरा बनाएर
जल्दैन घर खरकै नि, तातो पानि खन्याएर !!!
छातीमा हात राखी सम्झ हिजोका ती काला दिन
यो अवसर आउने छैन, फेरि आँट गर्यौ किन ?
संसद व्युताउनलाई आन्दोलन गर्यौ किन ?
व्युतिए पछि फेरि राजिनामा दिने किन ???
तिम्रा राजनीतिका साक्षी बनाएर हिडायौ किन ?
साँचो जबाफ दिनुपर्छ, यो बारेमा बोल्दैनौ किन ??
अब जनता लाटा छैनन् झुक्याउने गए दिन
ठुला पदमा पुग्नलाई २/४ महिना कुर्दैनौ किन ??
पार्टीको अध्यक्ष बन्न महाधिवेशन नकुर्ने किन ?
चोरी बाटोबाट तिम्लाई अध्यक्ष नै चाहिने किन ??
त्यसैले पर्ख केही दिन नहतारिऊ खाडलमा जान
एकता जोगिन सके वर्षौ वर्ष पाउने छौ खान ।
पेल्छन् कहिले माथि भाकाले, संयमित हुन सिक है
आफ्नै घर जलाएर के पाइएला ? त्यति बुझ है ।
यो राजनलाई चित्त दुख्यो, पार्टी फुट्ने भयो भनी
बुद्धि नबिगार नेता जी हो, थोरै पछि हट्नु परे पनि ।