स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

गायक रन्जित भन्छन “कोरोनाले सङीत क्षेत्रलाइ पनि असर पारेको छ”

गायक रन्जित - The Times Of Nepal
सेयर गर्नुहोस

दिनप्रतिदिन कोरोनाको सन्क्रमण बढ्दै गएको र समुदाय स्तरमै कोरोना फैलिइसकेको अबस्थामा गायक रन्जित कुमार सहनीले सबैलाइ सजग भएर घरमै बस्न आग्रह गरेका छन् ।

“कोरोनाले गर्दा हरेक क्षेत्रको अर्थ ब्यबस्थामा नकरात्मक असर परेको छ। काम गर्न असहज परिस्थितिको सिर्जना गरेको छ र यसबाट सङीत,चलचित्र क्षेत्र पनि अछुतो रहेन त्यसैले सङीतकर्मी चलचित्र कर्मीलाइ पनि काम गर्न गाह्रो भएको कारण काम छोडेरै बस्नुपरेको अबस्था छ्।
” मैले पनि ४/५ वटा गीतको रेकर्डिङ थाती राखेर घरमै बसेको छु, ज्यान जोगिए पछि काम गरिन्छ, पहिला स्वास्थ्य ठुलो कुरा हो भन्दै गायक रन्जितले आफ्नो परिवार समुदायलाइ कोरोनाबाट जोगिन साबुन पानीले हात धुन,स्यानिटाइजर प्रयोग गर्न र सामाजिक दुरि कायम गरी अति आबश्यक काम बाहेक घरमै बस्न सुझाएका छ्न।

२०६५ सालमा आफ्नै शब्द सङीतमा “माया दियौ चोखो माया” गीत रेकर्ड गरि साङीतिक क्षेत्रमा पहिलो पाइला चालेका गायक सहनीलाई २०६८ सालमा दोस्रो गीत “बादलझै उड्छु झरना झै झर्छु भन्छ्यौ” रेकर्ड गरेपछी चलचित्रका गीतहरुकोलागी अफर आउन थालेको थियो ।
त्यसपछि चलचित्र गोरे,फागु,धनवान्,स्काउट,सहारा बेसहारा,अग्नि,हिरोज,भोजपुरी चलचित्र जय गढीमाइ,मैथिली चलचित्र मधेशी पुत्र लगायत दुई दर्जन भन्दा बढी चलचित्रमा स्वर भरिसके रन्जित रौतहट गरुडा नगरपालिका वडा न.२ गेडही गुठीमा जन्मेका हुन् ।

बरिष्ठ सङीतकार शम्भुजीत बास्कोटा,वसन्त सापकोटा,बिकास चौधरी,टन्क बुढाथोकी,नरहरी प्रेमी,प्रहलाद भक्त लगायतका सङीतकारका सङीतमा स्वर भरिसकेका गायक रन्जिले निकट भबिष्यमै चर्चित बरिष्ठ सङीतकार आलोकश्री र चर्चित गीतकार एस.पी.कोइरालाको शब्दमा गीत मेरो स्वरमा रेकर्ड हुने कुरा बताए।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -