स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला

सेयर गर्नुहोस

साहित्य सन्ध्याको ४०८औँ नियमित शृङ्खलामा आज राष्ट्रियता र समसामयिक विषयका साहित्यिक रचना प्रस्तुत गरिएका छन् ।

भर्चुअलरूपमा आयोजित गोष्ठीमा शान्ता मानवी, प्रा डा कृष्णचन्द्र शर्मा, नर्मदेश्वरी सत्याल, कात्यायन, परशुराम पराशर, नारायण परिश्रमी, रूपक अलङ्कार, डम्बर पहाडी, गोपाल मैनाली, गणेश मार्मिक, वासुदेव अधिकारी, जयन्ती स्पन्दन, गोमा कटुवाल, यादव भट्टराई, गायत्रीकुमार चापागाईँ, भारद्वाज मित्र, रामदेव पाण्डेय, सीताराम नेपाल, प्रमोद स्नेही, सरस्वती चिमोरिया, ललिता दोषी, नन्दु उप्रेती, देबु लुइँटेल, श्याम सापकोटा, उपेन्द्र सहनी, विधान आचार्य, शान्ता दाहाल, शर्मिला बुडाथोकी, पुण्यप्रसाद खरेल, राम विनयले आ–आप्mना समसामयिक कविता, गीत र हाइकु वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि समीक्षा गर्दै प्रा डा शर्माले कोरोना कहरको दुश्प्रभावबाट संसारै आक्रान्त भएको र यसबाट धनाढ्यहरू नै बढी चिन्तित रहेको यथार्थलाई रचनाले उजागर गरेको बताउनुभयो । उहाँले वाचित कवितामा राजनीतिमा सिद्धान्त र आदर्श हराएकोप्रति चिन्ताभाव र छिमेकीको मिचाहा प्रवृत्तिका प्रति शालीन आक्रोश व्यक्त गरिएको जनाउनुभयो ।

आइतबार यी स्थानमा काटिदैछ विद्युत्

नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र,  खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।
सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -