स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

२०७ औँ भानु जयन्तीमा अभिनवको विशेष साहित्यिक कार्यक्रम

आदिकवि भानुभक्त आचार्य, bhanubhakta latest news
सेयर गर्नुहोस

आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीका अवसरमा अभिनव साहित्य समाजले जोरपाटीमा विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।

समाजले प्रत्येक महिनाको अन्तिम शनिबार विसं २०५८ फागुन २५ गतेदेखि साहित्यिक शृङ्खलाको आयोजना गर्दै आएको छ । आजको कार्यक्रम २२१औँ शृङ्खलाको हो । विगत वर्षदेखि नै असारको अन्तिम शनिबार आदिकवि भानुभक्त आचार्यको जयन्ती र असारे लोक भाका विशेष कार्यक्रम गर्ने गरिएकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने भएकाले भौतिक दूरी कायम गरी सीमित मानिसबीच कार्यक्रम गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ जानकारी दिनुभयो ।

चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण तीन महिनाको शनिबार जुम प्रविधिबाट कविता वाचन गरिएको सो अवसरमा जानकारी गराइएको थियो । १८ जना कवि एवं कवयित्रीले भानुभक्तको रामायण, नेपाली साहित्यमा भानुभक्तको योगदान, असारे लोक भाकालगायत विषयमा कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सूर्य चापागाईं, शैलेन्द्र श्रेष्ठ, नवराज पुडासैनी, मेनका आचार्य, रामकुमार पण्डित, डा विदुर चालिसे, विजय चालिसे लगायतले रचना पाठ गर्नुभएको थियो । समाजले २०७औँ भानु जयन्तीका अवसरमा सोमबार जोरपाटीमा विशेष साहित्यिक कार्यक्रम गर्ने जानकारीसमेत दिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -