स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

आदिकवि भानुभक्त पुरस्कार चालिसेलाई

आदिकवि भानुभक्त आचार्य, bhanubhakta latest news
सेयर गर्नुहोस

नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार विविध विधाका स्तरीय कृतिहरुको रचनाबाट नेपाली साहित्यको सम्बद्र्धनमा विशिष्ट योगदान पु¥याउनुहुने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु एक लाख २५ हजार छ ।

बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पु¥याउनुहुने म्यान्मा निवासी ज्ञानबहादुर बगालेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु ५० हजार छ ।

यो वर्ष यी दुवै पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिनेछ । आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । परिषद्ले यही असार २९ गते बिहान रानीपोखरी अगाडि रहेको भानु प्रतिमामा माल्यार्पण गर्ने जनाएको छ । परिषद्को बैठकले शिक्षाविद्, साहित्यकार तथा वरिष्ठ समाजसेवी अङ्गूरबाबा जोशीको निधनमा शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -