स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

एघार विधामा आइसिटी अवार्ड हुने, अनलाइन नोमिनेशन शुरू

सेयर गर्नुहोस

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा स्थापित आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आजदेखि शुरु भएको छ । ‘लिभिङ विथ आइसिटी’को आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन आगामी साउन १६ गतेसम्म खुला गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । कोभिड–१९ महामारीका कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगस्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने आइसिटी अवार्ड २०२० का संयोजक राजन लम्सालले बताउनुभयो । उहाँका अनुसार ११ विधाका अवार्डमध्ये इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधा हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधा इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् ।

यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधा रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने अवार्ड विधा रहेका छन् । सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्ट सम्मानित भइसकेका संस्थाले विज्ञप्तिमार्फत जनाएको छ । यस वर्ष अवार्डको छनोट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्य रहेका छन् । छनोट प्रक्रिया विभिन्न चरणमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट पाँच छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधामा जुरी समूहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गर्नेछन् । अवार्डलाई निष्पक्ष, व्यवस्थित र अझ परिष्कृत बनाउने तयारी गरिएको संयोजक लम्सालले बताउनुभयो ।

अवार्ड विजेतालाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेतालाई गत वर्ष झैँ बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनका लागि आधिकारिक वेबसाइट ष्अतबधबचम।यचन मा गएर सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -