स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

कर्णालीमा सङ्क्रमितको सङ्ख्या ३८९ पुग्यो

korena vairas, कोरोनाभाइरस - The Times Of Nepal
सेयर गर्नुहोस

सुर्खेत, २२ जेठ : कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र पाँच महिला गरी ७२ जना रहेका उहाँले बताउनुभयो । त्यस्तै, दैलेख देवलकाँडाका १२, सोतका नौ, मानटाकुराका साता, नौमुलेका पाँच, भगनीका पाँच, साडुका दुई र बाँसकोटका एक जना रहेका छन् ।

आज सङ्क्रमितको यो सङ्ख्यासँगै कर्णालीका कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ३८९ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण अनपेक्षित रुपमा दैलेखमा फैलिएपछि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । –––

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -