स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुग्यो

korena vairas, कोरोनाभाइरस - The Times Of Nepal
सेयर गर्नुहोस

सुर्खेत, १५ जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरणअनुसार थप आठ सङ्क्रमित पहिचान भएका हुन् । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले सङ्क्रमित सबै दैलेखको नारायण नगरपालिकाका रहेको जानकारी दिनुभयो ।

। सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नारायण नगरपालिका वडा नं १ का २६ वर्षीय पुरुष, ३ का १९, ३०, ३७ र ४० वर्षीय पुरुष, ४ का एक वर्षीय बालक र २० वर्षीया महिला तथा ५ का १७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । बुधबार सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका थिए ।

भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै सङ्क्रमित भारतबाट फर्किएका हुन् । हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -