स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

स्वाब सङ्कलनमा तीव्रता

swab and rdt collection - The Times Of Nepal - TON
सेयर गर्नुहोस

कर्णाली प्रदेशका पहिलो कोरोना सङ्क्रमित व्यक्तिको गाउँ आठबिस नगरपालिका वडा नं १ सात्तलामा स्वाब सङ्कलन कार्यलाई तीव्रता दिइएको छ । कोरोना पुष्टि भएसँगै उनको जन्म गाउँ र वडामा स्वास्थ्य टोली खटाएर पुनः स्वाब सङ्कलन कार्यलाई शुक्रबारदेखि तीव्रता दिइएको हो ।

कोरोना सङ्क्रमित युवासँगै भारतबाट उद्धार गरी ल्याइएका ३९ जनाको स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको थियो । अन्य ३८ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छभने एक जनामा कोरोना पुष्टि भएको थियो । सङ्क्रमितसँगै क्वारेन्टाइनमा बसेका ३८ जनाको पुनःस्वाब सङ्कलन गरी शुक्रबार परीक्षणका लागि सुर्खेत पठाइएको छ ।

अन्यको स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएको आठबिसका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले जानकारी दिनुभयो । सङ्क्रमित युवासँगै धेरै रात क्वारेन्टिनमा बिताएका ३८ जना, उनका नजिकका आफन्त, त्यहाँ नजिक व्यापार व्यवसाय गर्ने पसले, सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, क्वारेन्टिनमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, उद्धारमा जुट्दै आएका जनप्रतिनिधि र त्यस कार्यमा सहभागी स्वयंसेवक गरी ७८ जनाको स्वाब सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

युवामा कोरोना पुष्टि हुनासाथ वडा सिल गरिएको छ । भारतबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको र कुनै बिरामी परेमा जिल्ला अस्पताल तथा बाहिर लैजान एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

पहिलो चरणमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट आएका ल्याब असिस्टेन्ट कलम थापाको टोलीले सङ्क्रमितसँग निकै नजिक भएका खानपिनसँगै खाएका, सँगै सुतेका र गफगाफ तथा उद्धारका क्रममा र स्वास्थ्य उपचार तथा क्वारेन्टिन व्यवस्थापनमा खटिएका व्यक्तिको पहिचान गरिएको थियो । रिपोर्ट केही दिनमै आउने र अब दोस्रो चरणमा पूरै वडाभरि नै स्वाब सङ्कलन कार्यलाई निरन्तरता दिइने नगर प्रमुख खड्गराज उपाध्यायले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -