स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं २ मा आठै जिल्लामा विज्ञ परिचालित

province no 2 - The Times Of Nepal
सेयर गर्नुहोस

धनुषा, १४ वैशाख : प्रदेश २ का आठ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ । नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान), र इडिसिटीबाट आएका प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन् ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंबाट आएका ६ र जनकपुरका २ गरी आठ टोली शङ्कास्पद ठानिएका एक हजार पाँच सयको स्वाब सङ्कलनमा खटिएको बताउनुभयो ।

प्रदेशमा हालसम्म पाँच जना सङ्क्रमित छन् । शनिबारदेखि सिराहाको लहान, गोलबजार, मिर्चैया, कल्याणपुर र सिरहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन सुरु गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -