स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं १ मा ८२१ जनाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ

province no 1 - The Times Of Nepal
सेयर गर्नुहोस

विराटनगर, ३ वैशाख : प्रदेश नं १ मा कोभिड–१९ का शङ्कास्पद बिरामीको परीक्षणमा सोमबारसम्ममा ८२१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थ्रोट स्वाब (पिसिआर) प्रविधिबाट नमूना सङ्कलन गरिएका २८४ जनाको नमूनामध्ये ४२ महिलासहित २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट गरिएको रगत परीक्षणमा ७६ महिलासहित ५५५ जना रिपोर्ट नेगेटिभ गरी जम्मा ८२१ जनाको रिपोर्ट आएको प्रदेश नंं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सूचना डेस्क कार्यालयले जनाएको छ ।

थ्रोट स्वाबअन्तर्गत ५० महिलासहित २८४ जना नमूना सङ्कलन गरिएकामध्ये १८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशको कोशी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको परीक्षण गरिएको छ भने आरडिटीको रगत परीक्षण प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा स्थलगत रुपमा गरिएको सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बुधबारसम्म बस्नेमा ६२ महिलासहित ५६५ रहेका छन् भने २५ जना आफ्नो घर फर्किनुभएको छ । यस्तै होम क्वारेन्टाइनमा ६२७ महिलासहित तीन हजार ७१९ रहेका छन् भने आइसोलेशन श्ययामा बस्नेको सङ्ख्या १० रहेको सूचना डेस्कले जनाएको छ । प्रदेशमा क्वारेन्टाइनमा बस्नेको दिन प्रतिदिन वृद्धि भइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -