स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

लकडाउन : गाउँपालीका उपाध्यक्षद्वारा विपन्नवर्गलाई तरकारी वितरण

जलजला गाउँपालीका पर्वतकी उपाध्यक्ष सीमा गर्वुजा
सेयर गर्नुहोस

पर्वत ,२५ चैत्र : नेपाली काँग्रेसकी युवा नेत्री तथा जलजला गाउँपालीका पर्वतकी उपाध्यक्ष सीमा गर्वुजा पुनले आफै संयोजन गर्दै लकडाउनमा विपत परेका स्थानीयलाई करिब तेह्र क्वीन्टल तरकारी वितरण गरेकि छन् ।

विगत लामो समयदेखि समाजसेवामा उदाहरणीय कार्य गर्दै आएकी पुनले आफै खरिद गरेको करिब ६ क्वीन्टल र , स्थानीय किसानहरूसँग सङ्कलन गरेको करिब सात क्वीन्टल तरकारी स्थानीयलाई वितरण गरेकी हुन् ।

काउली, वन्दा, साग जस्ता तरकारीहरू किसानको वारीबाट आफैले डोकोमा बोकेर ल्याएर चैत्र २३ गते गाउँपालीकाको वाड नं . २ मा उनले वितरण गरेकी थिईन भने चैत्र २५ गते वाड नं. १ को बासखर्कमा दीपसालीजाका किसानहरूसँग सङ्कलन गरिएको तरकारी वितरण गरिएको थिईन।

यसरी लकडाउनको बेला निशुल्क तरकारी दिनेमा मायादेवी रेग्मी – काउली र बन्दा २ क्वीन्टल , हरिकला सापकोटा काउली र साग ३० केजि, सरस्वती भुसाल- बन्दा ५० केजि, हरि सुवेदी बन्दा ३० केजि, हरिमाया भुसाल – साग र बन्दा ३० केजि, नम्बा चोचाङ्गी – बन्दा ६० केजि, मनका भुसाल काउली र बन्दा ४० केजि र बराह कृषि फर्मको तर्फबाट काउली, बन्दा र साग गरि करिब ३ क्वीन्टल किसानहरू रहेकाछन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+भुवन अर्याल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -