स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

कोषमा सङ्घीय संसद् सचिवालयको एक करोड जम्मा

Coronavirus Relief Fund - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ : सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान रु ६७ हजार ३२० जम्मा गर्नुभएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले रु ७० हजार ७३० जम्मा गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका तर्फबाट १९५ जना सांसदको रु ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ । सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवको रु ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको रु ३२ हजार ३५ कोषमा जम्मा गरिएको छ ।

सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको रु २१ लाख ४६ हजार ८५६, सचिवालयका स्थायी कर्मचारीको रु ११ लाख १७ हजार ९७९, करारका कर्मचारीको रु दुई लाख ६३ हजार ९०० जम्मा गरिएको छ । कोषका हालसम्म रु एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० बराबरको रकम जम्मा भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -