स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

कोरोना अस्पतालमा सघन उपचार कक्षको निर्माण शुरु

coronavirus,COVID-19, Live Update - The Times Of Nepal
सेयर गर्नुहोस

 १६ चैत : प्रदेश नं ५ को बुटवलस्थित धागो कारखानामा रहेको कोरोना (कोभिड–१९) विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्ष (आईसियु) निर्माण शुरु गरिएको छ ।

कोरोनाका सङ्क्रमित भएर आएका सख्त अवस्थाका बिरामीको उपचारका लागि आइसियु बनाइन थालिएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टाराईले जानकारी दिनुभयो । उक्त कोरोना बिशेष अस्थायी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाले संयुक्तरुपमा निर्माण गरी सञ्चालन गरिएको हो ।

कोरोना विशेष अस्पताल रहेको धागो कारखानाको पुरानो प्रशासनिक भवनमा २० शै्ययाको निर्माण गरिने लक्ष्य रहे पनि तत्कालका लागि १० शै्यया बनाउने गरी तयारी शुरु गरिएको अध्यक्ष भट्टाराईले जानकारी दिनुभयो । उक्त निर्माण कार्य एक हप्तामा सम्पन्न गर्ने गरी काम शुरु गरिएको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेश सरकारले गठन गरेको आइसोलेशन अस्पताल निर्माण समिति लुम्बिनी प्रादेशिक अस्पतालका संयोजकसमेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीसहितको आजको बैठकले तत्काल आईसियु कक्ष सञ्चालन गर्ने निर्णय गरी आजदेखि नै काम शुरु गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

आईसियु सञ्चालनका लागि बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार थान शै्ययाको भेन्टिलेटर, सक्सनलगायतका सामग्रीसहित जडान गरिदिने छ, भने बाँकी छ शै्यया र आवश्यक उपकरणका लागि तत्काल टेण्डर गरी जडान गरिने छ ।

आइसियु कक्ष निर्माणस्थलको आज नै मन्त्री गिरीसहित विज्ञ प्राविधिक र स्वास्थ्यकर्मीको टोलीले निरिक्षण गरेर निर्माण कार्य अघि बढाउन उपयुक्त हुने ठहर गरेको थियो । त्यस अवसरमा मन्त्री गिरीले आवश्यक सबै प्रक्रिया पु¥याएर समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । उक्त अस्पतालमा नेपाल विद्युत् प्राधिकरणद्वारा आज नै लो भोल्टेज र उपकरणको सञ्चालनलाई प्रभावकारी बनाउन एक सय केभिएको ट्रान्सफर्मर जडान गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -