स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बसमार्फत १४८ विदेशी पर्यटक काठमाडौँ पठाइयो

सवारीका साधन
सेयर गर्नुहोस

लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक आज बसमार्फत काठमाडौँं पठाइएको छ । लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडाँैंसम्म पु¥याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई काठमाडाँैंसम्म पु¥याउने व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पहल गरिरहेका छन् । फ्रान्सलगायतका केही देशले यसअघि नै हवाईजहाज चार्टर गरेर पोखराबाट काठमाडौँ लगिसकेका छन्् ।

आज सातवटा सवारी साधन तीन ठूला र चार सानामार्फत पर्यटकलाई काठमाडौँ पठाइएको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । आज अधिकांश पर्यटकलाई काठमाडौँ पठाइएको बताउँदै उहाँले बाँकी रहेका पर्यटकलाई पनि स्थानीय प्रशासनसँगको पहलमा पठाइने जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -