स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सप्तरीका २३ स्थानमा क्वारेन्टाइन सञ्चालन

क्वारेन्टाइन -The Times Of Nepal
सेयर गर्नुहोस

१३ चैत  : कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जिल्लाका १७ स्थानीय तहले २३ स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ । हालैमात्र भारतलगायत देशबाट आएका व्यक्तिलाई एकान्तवासमा राख्नका लागि सप्तरीका १८ मध्ये १७ स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार नगरपालिकामध्ये राजविराज–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा २५, हनुमाननगर कंकालिनी–११ स्थित सामुदायिक भवनमा ३० र वडा नम्बर २ स्थित सकरदही विद्यालयमा २०, सप्तकोशीस्थित गोबैज मावि फत्तेपुरमा २१ र जनता मावि भगनी मलेठमा २१, कञ्चनरुपस्थित सर्वोदय माविमा १२, शङ्कर माविमा १२ र बदगामा स्वास्थ्य चौकीमा १०, बोदे बर्साइनस्थित जियालाल माविमा १० र जीवनदीप अस्पतालमा सात, शम्भुनाथ–७ स्थित बुद्धिलाल विद्या मुनर नमूना मावि भगवतपुरमा १०, सुरुङ्गा–५ स्थित मछिलाल मावि कुशहामा १० र डाकनेश्वरीस्थित कच मावि पातोमा पाँच श्यया क्षमताका क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।

गाउँपालिकामध्ये राजगढस्थित जसमावि नर्घोमा ३०, छिन्नमस्ता–३ स्थित चौरसिया धर्मशालामा २५, महादेवा–१ स्थित नरबहादुर थापा मावि पकरीमा २५, तिलाठी कोइलाडीस्थित लबनमावि बमनगामा कट्टीमा १५ र वृद्धाश्रममा १०, अग्नीसाइर कृष्णसवरणस्थित जनचेतना मावि घोघिदाहामा २४, बलान बिहुलस्थित स्वास्थ्य चौकी मल्हनियामा १८, विष्णुपुरस्थित जनता मावि विष्णुपुर कट्टीमा १५, रुपनी–४ स्थित जमुनी मधेपुरा माविमा १० र तिरहुतस्थित सरस्वती जनता मावि लोहजरामा चार श्यया क्षमताका क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । खडक नगरपालिकामा भने क्वारेन्टाइन निर्माणको तयारी भइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -