स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

कोभिड–१९ को रोकथाम र उपचारमा कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री

सेयर गर्नुहोस

१३ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले बुधबार बेलुकीे भिडियो सन्देश सार्वजनिक गर्दै विश्वव्यापी महामारी बनेको कोरोना भाइरससँग जुध्न प्रदेश सरकारले २३ बुँदे कार्ययोजनाका साथ काम गरिरहेको छ भन्नुभयो ।

उहाँले नागरिकको स्वास्थ्य र उपचारको सुनिश्चितता सरकारले दिने भन्दै लकडाउन र सरकारले सावधानीका लागि आह्वान गरेकाले  यसलाई गम्भीरताका साथ पालना  गर्न सबैसँग  आग्रह गर्नुभयो । कोरोनाविरुद्ध प्रदेश सरकारले सबै निकायसँगको समन्वय र सहकार्यमा चौबीसै घण्टा काम गरिरहेको छ भन्नुभयो ।

प्रदेशका  विभिन्न ४४ स्थानमा ९८९ शै्यया क्वारेन्टाइन निर्माण गरिएको जानकारी दिँदै   मुख्यमन्त्री राईले उक्त निर्माण भएका क्वारेन्टाइनमा भारतीय नाका र अन्य नाकाबाट प्रवेश गरेका नेपाली नागरिकलाई निगरानीका लागि राखिएको स्पष्ट पार्नुभयो । प्रदेशबाट कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा १९ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । 
सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -