स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं ५ का सभामुख र उपसभामुखको तलब राहत कोषमा

Province no 5 - The Times Of Nepal
सेयर गर्नुहोस

 ११ चैत  : प्रदेशसभा प्रदेश नं ५ का सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गर्नुभएको छ ।

सभामुखको सचिवालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारुले राहत कोषमा तलब जम्मा गर्ने निर्णय गरिएको जानकारी गराएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकले भाइरस नियन्त्रणको लागि सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक र सांसदले १५ दिनको पारिश्रमिक प्रदेश सरकार राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाली काँग्रेसका सांसदले पनि १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् । काँग्रेस संसदीय दलको निर्णयअनुसार काँग्रेसका सबै प्रदेशसभा सदस्यले रकम जम्मा गर्ने काँग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले जानकारी दिनुभयो । यसअघि नेकपाका सांसदले १५ दिनको तलब कोषमा राख्ने घोषणाा गरेका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -