स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

कोरोनाबारे भ्रम फैलाउने धर्मगुरु पक्राउ

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

११ चैत  : कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा धर्मका नामका भाइरसबारे भ्रम फैलाउने एक धर्मगुरुलाई आज कास्की प्रहरीले पक्राउ गरेको छ ।

जुम्ला घर भएका २९ वर्षीय केशवराज आचार्यलाई इसाई धर्मको प्रचार गरी येशुका अनुयायीलाई कोरोना सङ्क्रमण हुँदैन भन्दै भ्रामक प्रचार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले लामो समयदेखि पोखरामा बस्दै आचार्यले इसाई धर्मका नाममा कोरोनाबारे भ्रम फैलाएको बताउनु भयो ।

आचार्यले केही दिनअघि पोखरा आसपासका सुकुम्बासी बस्तीमा पुगेर “कोरोना मरिजा येशुको नाममा” भनी बनाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

विपद्का बेला अनेक प्रचारबाजी हुने भएकाले संयम अपनाएर घरभित्रै बस्न र भ्रामक कुराको पछि नलाग्न कास्की प्रहरीले सबैमा आग्रह गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -