स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

चुरियामाई सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

Bagmati Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

 ३० फागुन : वाग्मती प्रदेश सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन मकवानपुरको चुरियामाईस्थित ऐतिहासिक सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउने भएको छ ।

नेपालमा पहिलो पटक एक शताब्दीअघि राणाकालमा मकवानपुरको चुरियामाईमा करिब ७ सय फिट सुरुङमार्ग बनेको थियो । अहिले यो बन्द अवस्थामा छ ।

यो सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउने बारे वाग्मती प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर परिसरमा निर्माण गरिन लागेको तत्कालीन नेपाली सेनाका बिगे्रडियर जनरल दिल्लीजङ्ग थापाको प्रतिमास्थल तथा चुरियामाई सुरुङमार्गको आज स्थलगत निरीक्षण गर्दै यो सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउने गृहकार्यमा प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

उहाँले सडक सञ्जाललाई छोटो, सजिलो, फराकिलो र सुरक्षित बनाउनका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सुरुङमार्ग र काठमाडौँको फर्पिङ चन्द्रज्योति विद्युत्गृहलाई निर्माण गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएको पनि बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चुरियामाईमा निर्माण गरिएको सुरुङमार्गलाई अत्याधुनिक प्रविधिबाट १०३ वर्षअघि निर्माण गरी वीरगञ्ज–हेटौँडा–भीमफेदी हुँदै काठमाडौँसम्म पुग्ने यातायात सञ्जाललाई जोड्ने कार्यका लागि नेपाली सेनाका बिग्रेडियर जनरल थापा (सुरुङमार्ग विशेषज्ञ) को प्रत्यक्ष योगदान रहेको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको करिब रु १५ लाखको लागतमा ढलौटको अर्धकदको थापाको प्रतिमा निर्माण गर्न लागिएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -