स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

२९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको नवौँ दिन आज उहाँको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छन् ।

त्रिवि शिक्षण अस्पतालमा उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ । उहाँको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिर्गाैलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसक्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा केही दिनमा निवास फर्काइने तयारी छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले आज उहाँलाई पहिलो पटक भेट्नुभएको छ । यसअघि बुधबार घर फर्कनुपूर्व भाञ्जी सङ्ग्रौलाले प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -