स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

विदेशमा गएका छोराछोरीलाई घर फर्कन अनुरोध गर्दै नेपाल आमा

Dear children - The Times Of Nepal
सेयर गर्नुहोस

प्रिय छोराछोरी ! आत्मीय छोरीछोरा !!
न्यानो आशीर्वाद/चिरञ्जीवी भए ।
खै के छ कुन्नि सन्चो/बिसन्चो ? लामो समय बित्यो, भलाकुसारी नभई ।
तिमीहरु को कहाँ छौ ? के कस्तो छ बसाइ ?

खबर नपा‘को धेरै भो । केही आउने/जाने गर्छौ । धेरैले बिर्सेका छौ, पत्तो छैन । यसरी काख छाडेर हिँडेका तिमीहरु फर्कदैनाँै ? वनको चरी वनकै ढुङ्गा चलायौं भनेर आमा चटक्क बिर्सन्छौ ? मैले त परिकल्पनै नगरेकी !

हो, तिमीहरु समयको प्रवाहमा भिन्न परिवेश खोज्दै पर धेरै पर पुग्यौ । पाखुराले बाँच्यौ, ज्ञान बटुल्यौ, सिप सिक्यौ । सन्तान पुरुषार्थी बन्यौ, आमा गदगद् हुने नै भइन् । फरक भूगोलको हावापानी पचाउन कठिन सङ्घर्ष गर्यौं, देउराली टेक्यौ, सुन्दा रमाइलो ला‘छ ।

आमा हुँ ! सन्तान सुखले आनन्द दिन्छ नै । खुसी छु नपोखी जतन गर्न चाहन्छु तर म आफै चोइटिएर जीर्ण भइरहनु पर्दा सन्तान सम्झानाले कोट्याउने रहेछ । साँझ बिहानको भान्छाघर तिमीहरुको खोजी गर्छ । दिउँसको घाम कराएर भन्छ “ए ! बुढी तिम्रा सन्तान खै कहाँ छरिए ? घाइते आमाको द्रवित मनमा मलम लाउन नखोज्ने ? कस्तो विवेक दियौ, खै के संस्कार सिकायौ हँ ?” म अवाक् हुन्छु ।

म आमा हुँ, सन्तानप्रतिको विश्वास चुँडालेर बस्न सक्तिनँ । म ढुक्क छु, आज यस्तै सही, भोलि सन्तानमा चेतना पस्छ,उत्साह थपिन्छ, जिम्मेवारीबोध होला । कूटनैतिक साहस बोकेर आमाका चोइटिएका अङ्ग सुमसुम्याउनेछन् । ममा आशा र भरोसा पनि छ कि मेरो कोख रोगी थिएन, छैन र हुनेछैन । मसँग हिउँ ओढेर पहाड टेक्दै खुट्टा सेक्न तराई ओर्लने गरेको अनुभव छ । स्वच्छ हावापानी र स्वस्थ हृदयमा खेलाएर हातखुट्टा लगाइदिएकीले तिमीहरु देश/विदेश पुग्न सकेका हौ । अँ, तिमीहरु आज त भौतिक सुख आर्जन गर्न सकेर खुसी छौँ तर भोलि तिमीहरुका सन्तानले “हाम्री हजुरआमा खोइ ?” प्रश्न गरे भने उत्तर के देउला ? विचार गर है, म त आमा हुँ ! चाहन्छु तिमीहरु आज मात्र होइन, भोलि पनि सुखी रहनुपर्छ । केही गरी स्वाभिमानले झुक्नुपर्ने अवस्था आउनु हुँदैन ।

तिमीहरु छरिएर पर पुग्यौ । आफ्नो आवश्यकताले आमा छाड्यौ या रहरले तान्यो ! यो मानव विकासको गति र सभ्यताको ज्योति होला । तिमीहरुसँग सामर्थ्य बढ्यो, राम्रो भयो तर म त्रासमा बाँचिरहेकी छु । यहाँ मेरो स्वाधीनता नच्याती सुरक्षा गर्लान् भनेर जिम्मेवार तहमा पदासनी गराउने काम तिमीहरु समेतले गर्यौै तर जो–जो जिम्मेवार तहमा पुगे पदासीन भए तिनीहरुले मेरो हेक्का राखेनन् । उनीहरु पद–पैसाका लोभी भए,बर्ता लोभी, दुर्गन्धित हुने गरी लोभ गरे । जताबाट हेरे पनि नसुहाउने ! चाहिने जति कूटनैतिक बन्न पनि सकेनन्, लाछी मोराहरु । उनीहरूको अकर्मण्यता मेरो शरीर थिलथिल्याउने अवसर पो भइदियो वैरीलाई !

हो, तिमीहरु भनौला, “हामी आमाको काख रित्याएर हिँडेको कहाँ हौं र ?” तिमीहरु ठिकै भन्दै छौ, काखभरि छ यहाँ पनि । यो सत्य हो तर तिमीहरुले पनि थाहा पाएका छौ नि म बिरामी परेको त । मलाई वरिपरिबाट च्यात्ने भए, छेक्ने भएनन् क्या ! ध्यान देओ त मलाई चोक्ट्याउने प्रयत्न भइरहेको छ । यस्तो बेथितिमा पनि यी पदेहरु दले बनेर निदाए, बिउँझेनन् । मेरो शरीरमा उम्रेका बिरुवाको सही उपयोग भएकै छैन । मेरा नसाहरु व्यर्थ बगिरहेछन् । शिरदेखि छाती, पिठ, अगल–बगल अङ्गहरु उजाड बन्दै छन् । म वनमाराको आक्रमणले विद्रुप बन्दै छु । यो कथनलाई गुनासो नसम्झनू ! सत्य पत्याउँछौ भने मैले यथार्थ जानकारी गराएकी हुँ । पछि आमा दुःखी भएको हामीले पत्तै पाएनौं नभन्नू ।“बेलामा सूचना पाएको भए केही गर्ने थियौँ ।” हो, तिमीहरु मेरो पीडित परिचयबाट वञ्चित हुनुहुँदैन भन्ने आशय मात्र मेरो ।

यति भनिसकें, तिमीहरु बुढीले गनगन गरी भन्ने नठान । मेरो आग्रह तिमीहरुका सन्तान मौलिक परिचयबाट टाढा नहोऊन् । भोलि जरा खोज्दा अन्योलको पिङमा मच्चिन नपरोस् । मेरो भनाइ यतातिर लक्षित छ । तिमीहरुको मन मेरो भनाइले छोइएको छ भने म तिर्खाएकी छु । फेरि तिमीहरु भनौला जिउभरि नदी बगेर गइरा‘छन् बुढीलाई के तिर्खा लाग्या ! के भन्छिन् के ? तिमीहरुको भनाइमा सत्यता होला तर म मेरै नसाको सिंचनले तृप्त हुँदिनँ । मलाई त तिमीहरुका हातखुट्टा चल्दा निस्कने पसिनाको सिंचन चाहिन्छ । म मेरै हातबाँहरुसँग तिमीहरु खेल्दै उकाली–ओराली गरेको हेरेर रमाउन चाहन्छु । म तृप्त हुने तिमीहरुको उपस्थितिमा हो । तर लाग्छ तिमीहरुले देख्यौ पर परसम्म । तिमीहरुको श्रम त्यहीं मगमगाएको होला । के त्यही पसिनाले मेरो तिर्खा मेटाउँदा मगमगाउँदैन ? मलाई पूरा विश्वास छ । मेरो उर्वर क्षमता सन्तान पाल्न नसक्ने कमजोर छैन ।

हो, यी पदमा पुगेकाहरु बुढो बयलझै मेच ओगटेर काम गर्न साम गर खाने बेलाँ आँ गर गरेकाले क्षमतावान् तिमीहरु उछारबाटो नपाएर बाध्य भई परदेसिएका हौं । म भन्छु सौतेनी आमाको रिसले बाको घुँडा थिच्नुभएन । त्यसलाई उछिनेर अघि बढ्नुपर्ने छ । यी पद–पैसाका रालेहरुको बुद्धिको बिर्को उघारेर त्यहाँ बसेको लोभी किरा झिकी विवेक रोप्नुछ । यो उपचारका लागि पनि तिमीहरु नै अघिसर्नु जरुरी छ ।

म बुझ्छु मेरो अस्तित्वका लागि वैज्ञानिक योजना र दूरदर्शी नीति निर्देश चाहिन्छ । समान अवसर उपयोग गरेर सँगै रमाउन मिल्ने नीतिनिर्देश आवश्यक छ । जुन समूह विशेषको लागि नहोस् । जसमा समग्र सबै सन्तान अटाऊन् । पदमा बस्नेले नीति नियमका घोचा उभ्याएर बाटो छेक्ने काम नगरुन् । उनीहरुको काम राम्ररी नक्सा कोरेर सहज हिँडेर दूरदराजसम्म उज्यालो पुग्ने परिवेश तयार गर्नु हो त्यही गरुन् । म चाहन्छु मेरो आग्रह सबैले सुन । बुढीको गनगन भनेर खालीसिसि पुराना कागजभित्र थन्क्याउने दुस्साहस नगर । यसले मलाई स्वस्थ रहन र तिमीहरु शिर उचालेर बाँच्न सिकाउने छ । ‘अस्त

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -