स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

खेलकुदलाई व्यावसायिक बनाउन सबैको लगानी आवश्यक : मन्त्री विश्वकर्मा

युुवा तथा खेलकुुदमन्त्री जगतबहादुुर विश्वकर्मा
सेयर गर्नुहोस

१४ फागुन : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद जगत्लाई व्यावसायिक बनाउन तीनै तहको सरकारसँगै सङघसंस्थाको पनि लगानी आवश्यक रहेको बताउनुभएको छ ।

सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा एकीकृत खेलग्रामको शिलान्यास तथा तेस्रो मेयर गोल्डकप फाइनल प्रतियोगितालाई आज सम्बोधन गर्नुहुँदै मन्त्री विश्वकर्माले भन्नुभयो, ‘‘विकसित मुलुकमा सरकारसँगै निजी क्षेत्रले पनि खेलकुदमा लगानी गरेको धेरै उदाहरण छन्, नेपाली खेलकुदलाई थप उचाइमा पु¥याउन पनि सबै क्षेत्रको लगानीको आवश्यक छ ।”

वर्तमान सरकारले खेलकुद पूर्वाधार विकासका लागि ८४ वटा पालिकामा लगानी गरिरहेको बताउनु हुँदै मन्त्री विश्वकर्माले त्यही नीतिअनुरुप सिरहाको गोलबजारमा पनि खेलकुद ग्राम निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा रु एक करोड बजेट यो खेलग्रामको लागि छुट्याएको जानकारी दिनुभयो ।

मन्त्री विश्वकर्माले खेलकुद व्यक्तिगत स्वास्थ्यसँगै अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको पहिचान बनाउन पनि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकास गर्न सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँगै सङ्घसंस्थासँग समेत समन्वय गरी अघि बढिरहेको बताउनुभयो । सो अवसरमा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले खेलग्राम निर्माणका लागि करिब रु सात अर्ब लाग्ने गरी डीपीआर तयार भएको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -