स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

Gandaki Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

१२ फागुन : गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ ।

यस चालू आवको करीब साढे सात महिनामा मात्रै ५९ जना हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस आवको साउनदेखि फागुन महिनाको ११ गते सम्ममा उक्त सङ्ख्यामा महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । यीमध्ये ४३ महिला, तीन बालक, ११ बालिका र तीनजना ज्येष्ठ नागरिक छन् । हराएकामध्ये २२ महिला, तीन बालक, १० बालिका र दुईजना ज्येष्ठ नागरिक फेला परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीले बताउनुभयो । उहाँका अनुसार अझै २० महिला, एक बालिका र एकजना ज्येष्ठ नागरिक भेटिएको छैनन् । हराएका महिला तथा बालबालिकाको खोजी भइरहेको उहाँको भनाइ थियो ।

त्यस्तै आव ०७५÷७६ मा १०५ महिला तथा बालबालिका हराएका छन् जसमा ७३ महिला, सात बालक र २५ बालिका छन् । सोमध्ये ५२ महिला, चार बालक र २० बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै आव ०७३÷७४ मा ८० महिला तथा बालबालिका रहेको थियो जसमा २३ महिला, १२ बालक र १८ बालिका छन् । सोमध्ये २३ महिला, १२ बालक र छ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा छ ।

हराएको जानकारी प्रहरीसामु आए पनि फर्किएको तथा फेला परेको जानकारी परिवारले प्रहरीलाई नदिँदा हराएको महिला तथा बालबालिका कम फेला परेको देखिएको सेवा केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -