स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

काँग्रेसलाई बलियो बनाउन सबै लागौँ : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल
सेयर गर्नुहोस

४ फागुन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेसप्रति अझै पनि जनताको आशा र भरोसा रहेकाले पार्टीभित्रै सुधारको आवश्यकता रहेकामा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो । दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता पौैडेलले सरकारको कार्यशैली सच्चिनुपर्ने टिप्पणी गर्नुभयो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने २० युवालाई वरिष्ठ नेता पौडेलले स्वागत गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -