स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

समृद्ध राष्ट्र निर्माणमा युवाको नेतृत्वदायी भूमिका हुन्छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा
सेयर गर्नुहोस

 ८ माघ : युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले समृद्ध राष्ट्र निर्माणमा युवा परिचालन आवश्यक रहेको बताउनुभएको छ । उहाँले असल समाज निर्माणमा स्काउट अभियानले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको आज समापन गर्दै मन्त्री विश्वकर्माले भन्नुभयो, “अबको ध्यान समृद्ध राष्ट्र निर्माण गर्नु हो, युवाको परिचालनबाटै यो सम्भव छ र युवा असल समाज निर्माणमा जुट्नुपर्छ ।”

मन्त्री विश्वकर्माले स्काउट अभियानलाई स्थानीय तह र विद्यालय तहसम्म पु¥याउन पनि आग्रह गर्नुभयो । अभियान सफल पार्न सरकारले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । यस्तै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक बनाउन युवा नयाँ ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्काउट अभियानलाई गाउँगाउँमा पु¥याउन प्रधानमन्त्रीको विशेष चासो रहेको उहाँले बताउनुभयो । माघ ३ गतेदेखि सञ्चालित तालीममा प्रदेश नं ५ का १०९ वटै पालिकाबाट ६४३ प्रशिक्षार्थी र ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले राससलार्ई जानकारी दिनुभयो । अब स्काउटलाई सबै स्थानीय तह तथा विद्यालयमा गठन गरिने उहाँले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -