स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

भीमदत्त बसपार्कको उद्घाटन

सेयर गर्नुहोस

 ७ माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरस्थित आज भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्वाङले तीनवटै सरकारले यातायात क्षेत्रको व्यवस्थानमा अग्रसरता लिइरहेको बताउनुभयो । “सातै प्रदेशका यातायात विकासमन्त्रीदेखि सचिव तथा सरोकारवालासित पनि यस विषयमा छलफलको शुरुआत गरेका छौँ ।”

मन्त्री नेम्वाङले भन्नुभयो, “यात्रीलाई पर्ने असुविधा र बिमा सुरक्षालाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारको ध्यान गएको छ ।” यातायात कम्पनीका समस्या, स्थिर पूँजी रुपान्तरण र भाडा समायोजनका विषयमा समेत छलफल भइरहेको बताउँदै ती विषय चाँडै व्यवस्थित हुने उहाँको भनाइ थियो । “एक वर्ष अघिदेखि नै सरकारले यातायातको क्षेत्र व्यवस्थित गर्न सोचेको हो” उहाँले भन्नुभयो, “संसद्मा पनि ऐन पेश भएर छलफल भइरहेको अवस्था छ ।” भीमदत्तनगर बसपार्क भारतीय शहरस्थित पनि दूरीका हिसाबले नजिक रहेको भन्दै उहाँले यो बसपार्कको निकै महत्व रहेको बताउनुभयो ।

भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क आधुनिकीकरणका लागि नगर विकास कोषले रु सात करोड ५० लाख ऋण सहयोग रहेको छ । चार सय बस अट्ने क्षमता रहेको बसपार्कमा सुरक्षा डेस्कका साथै यात्रुको सहजताका लागि विभिन्न सेवा प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाको प्रथम स्थापना दिवसका अवसरमा आयोजित बसपार्क उद्घाटन समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बर पन्तले महाकाली नदीमा रहेको शारदा ब्यारेज (बनवासा पुल) १२ औँ घण्टा सञ्चालनमा ल्याउन र भीमदत्त बसपार्कलाई अन्तर्राष्ट्रिय बसपार्कका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -