एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा

एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा

५ माघ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताउनुभएको छ ।

प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उहाँले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताउनुभयो ।

Advertisement

नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौँता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ ।

उहाँले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गर्नुभयो ।

एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिँदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारसमेतमा सहयोग पुग्ने बताउनुभयो ।

User Avatar
द टाइम्स अफ नेपाल / रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

  • Magar Reshma

    1 month ago


    khoi kk garxan

  • Magar Reshma

    1 month ago


    दक्षिण एशिया को देश श्रीलंका ले पनि यो एमसीसी संसद बाट पास गरायो………….

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

छुट्यो कि?