नेपाल कुनै विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन : परराष्ट्रमन्त्री

नेपाल कुनै विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन : परराष्ट्रमन्त्री


२९ पुस  : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताउनुभएको छ ।

दोस्रो रुरु महोत्सवको आज यहाँ उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो ।

Advertisement

मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताउनुभयो । ‘रुरु महोत्सव गौरव हो हाम्रो, संवद्र्धन गरौंँ धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म गुल्मीको रुरुक्षेत्र गाउँपालिका, रिडीमा सो महोत्सव चल्ने छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?