स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

‘नेपाल र भारतको सम्बन्ध हिमालझै अटल छ’

Nepal - India - The Times of Nepal
सेयर गर्नुहोस

 २८ पुस : नेपाल र भारतको सम्बन्ध हिमला झै अटल र गङ्गाझै पवित्र रहेको नेपाल र भारतका अधिकारीले जोड दिनुभएको छ ।

भारत बिहार राज्यको सुपौल जिल्लास्थित वीरपुर र दरभङ्गा जिल्लाको दरभङगामा भएको द्विपक्षीय बैठक तथा सहभ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीहरुले सो कुरा बताउनुभएको हो । भारत बिहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डका एसडिएम सुभाषकुमारले नेपाल भारतको सम्बन्ध बेटी रोटीको जस्तै भएको बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध बेटी रोटीकै भएका कारण अन्य मुलुकमा जानका लागि प्रवेशआज्ञा र राहदानी लगाइए पनि नेपाल र भारतकालाई आवश्यक नभएको उल्लेख गर्नुभयो । दुई देशको सम्बन्ध अटुटभएकै कारणले दुई देशका नागरिकले खुला रूपमा आवतजावत गर्न सकिरहेका एसडिएम सुभाषकुमारले बताउनुभयो ।

उहाँले दुई देशमा कुनै किसिमको समस्या भए आपसी छलफल र वार्ताबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपाल र भारतको सम्बन्ध हिमालझै अटल र गङ्गाझै पवित्र भएको बताउनुभयो । प्रमुख मेहताले भारती अधिकारीलाई नेपाल भ्रमण गर्नका लागि निम्तोसमेत दिनुभयो । उहाँले नेपालमा अहिले भ्रमणवर्ष चलिरहेकाले भ्रमणका लागि एसडिएम सुभाषकुमारलाई आग्रह गर्नुभयो । नगर प्रमुख मेहताले भ्रमण वर्षका अवसरमा पोखरा, काठमाडौँको पशुपतिनाथलगायगका क्षेत्रमा भ्रमण गराउन र स्वागत गर्नका लागि आफू तयार रहेको बताउनुभयो ।

भ्रमण वर्षलाई लक्षित गरेर छिट्टै आफूहरुले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने एसडिएम सुभाषकुमारले प्रमुख मेहता समक्ष प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्नुहँुदै भारत बिहार सुपौल जिल्ला वीरपुरका एएसपी रमानन्दकुमार कौसलले सीमा क्षेत्रमा दुवै देशका नागरिकमा केही समस्या भएकाले यसको समाधानका लागि आग्रह गर्नुभयो ।

विवाह, व्रतबन्धलगायतका बेला नेपाली वा भारतीय क्षेत्रका नागरिकले कुनै पनि सामग्री आयात निर्यात गर्दा समस्या हुने भएकाले यसको समाधानका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भारतको दरभङ्गा जिल्लाको दरभङ्गामा रहेको दरभागा राजाको सङ्ग्रहालय, विवेकानन्द क्यान्सर रिसर्च सेन्टरलगायतको क्षेत्रको अवलोकन गराइएको थियो । कार्यक्रम नेपाल भारतमैत्री सङ्घ इनरुवा सुनसरी र अनुमण्डलीय जनचेतना समिति भारत वीरपुरको समन्वयमा भएको थियो । कार्यक्रममा नेपाल भारतमैत्री सङ्घका अध्यक्ष हेमराज पोखरेल, सन्तोषदेव, गिरीराज अटल, कृष्ण दाहाल, राससकर्मी अजितकुमार झा, सीताराम पौदार पुरुषोत्तम घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -