राजधानी तोक्ने छलफलमा कसिए प्रदेशसभा सदस्य

राजधानी तोक्ने छलफलमा कसिए प्रदेशसभा सदस्य


२४ पुस : प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा पनि राजधानीको सम्भाव्यत अध्ययन प्रतिवेदनमाथि प्रदेशसभाको सदस्यहरुले छुट्टाछुट्टै आ–आफ्नो धारणाहरु व्यक्त गर्नुभएको छ ।

प्रदेशसभा सदस्यहरुले प्रदेशका १३ जिल्लामध्ये बहुसङ्ख्यक जनतालाई पायकपर्ने काभ्रे वा मकवानपुरको हेटौँडामध्ये कुनै एक प्राथमिकताको साथ रोज्नुपर्ने सुझाव दिनुभयो ।

Advertisement

उहाँहरुले व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर स्थायी राजधानी तोक्ने विषयमा संवेदनशील क्षेत्रलाई मध्यनजर गरेर र बहुसङ्ख्यक जनतालाई सम्बन्धित जिल्लामा नै सेवासुविधा उपलब्ध हुने संवैधानिक व्यवस्थाअनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्यहरुले जनताको नाममा राजधानीको विषयलाई राजनीतिको बखेडाभन्दा सिङ्गै प्रदेश र राष्ट्रको वृहत हितका आधारमा सहमतिबाटै निकास दिनुपर्ने आग्रह गर्नुभयो ।

उहाँहरुले सत्तारुढ र प्रतिपक्षको आ–आफ्नो दलको घोषणापत्र र चुनावी रणनीति फरक हुन्छन् तर वर्तमान अवस्थामा तराईको सिमानासँग जोडिएको मकवानपुरलाई राष्ट्रिय एकता र सुरक्षाको अवधारणाका आधारमा सुझाव प्रस्तुत गर्नुभयो ।

प्रदेशसभाका सदस्यहरुले संविधानको मर्म एवं प्रदेशसभाको स्वतन्त्रताप्रति उपयोग गर्ने भावनालाई दलहरुले निषेध गर्न नहुने धारणा व्यक्त गर्नुभएको थियो । उहाँहरुले राष्ट्र सङ्कट परेका बेला दलको भावनालाई बुझेर कठोर निर्णय लिनुपर्ने समय आएकाले सो भावनालाई आत्मसाथ गर्न सबै दल मिलेर मकवानपुरको हेटौँडालाई नै राजधानी कायम गर्न केन्द्रीत हुन आग्रह गर्नुभयो ।

उक्त बैठकमा प्रदेशसभाका २१ जना सदस्यहरुले आ–आफ्नो सुझाव दिनुभएको थियो । बैठकमा राजेन्द्र पाण्डे, प्रेमबहादुर पुलामी, रिना गुरुङ, मुनु सिग्देल, केशवराज पाण्डे, ओमबहादुर घलान, राजेन्द्र गुरुङ, जीवन डङ्गोल, आशमाया तामाङ, रमेश पौडेल, रामकाजी महर्जन र विजुला बर्मा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी प्रदेशसभाका सदस्य डा राजेन्द्रमान श्रेष्ठ, सन्तबहादुर प्रजा, केशवप्रसाद पोखरेल, जगतबहादुर सिङ्खडा, न्हुच्छेनारायण श्रेष्ठ, निमा लामा, मिलनबाबु श्रेष्ठ, लालकुमारी पुन र हिमाली बोली पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । प्रदेशसभाका सभामुख सानुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक शुक्रबार अर्थात् पुस २५ गने दिनको ३ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । –

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?