स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

दलित बाबुछोराकै मिर्गौला फेल

सेयर गर्नुहोस

 २३ पुस : झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् । घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फेल भएको नोबेल मेडिकल हस्पिटल विराटनगरले पुष्टि गरेको छ ।

हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा दुई पटक डाइलासिस उपचार गराइरहेका छन् । चिकित्सकले दुवै जनाको मिर्गौला प्रत्यारोपण गरिनुपर्ने सल्लाह दिएको पूर्णबहादुरका माहिला छोरा कमलले बताउनुभयो ।

पूर्णबहादुरलाई पाँच वर्षअघि मिर्गौलामा समस्या देखापरेको थियो भने वैदेशिक रोजगारीबाट फर्केका दलबहादुरको दुवै मिर्गौला फेल भएको छ महिना अघि मात्र थाहा भएको थियो । मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्रातीले आर्थिक अवस्था दयनीय भएको हुँदा बाबुछोराकै उपचारका लागि सहयोग समिति बनाएर अर्थिसङ्कलन शुरु गरिएको जानकारी दिनुभएको छ ।

अर्थसङ्कलनका लागि स्थानीय धनबहादुर सेन्च्युरीको संयोजकत्वमा पूर्णबहादुर र दलबहादुर विक बचाउ अभियान गठन गरिएको छ । झापाको भद्रपुर, विर्तामोड र दमकमा डाइलासिस सेवा उपलब्ध भए पनि बिरामीको अत्यधिक भीड भएकोले विराटनगरमा लैजानु परेको मग्रातीले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -