स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

‘सङ्घीयताको सफल कार्यान्वयनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका’

सेयर गर्नुहोस

 २१ पुस : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सङ्घीयताको सफल कार्यान्वयनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले सङ्घीय गणतन्त्र स्थापनामा सञ्चारकर्मीको ठूलो योगदान रहेको उल्लेख गर्दै लोकतन्त्रमा विधि र नीतिका आधारमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा निर्माण गर्न मानव, पृथ्वी र वातावरणको सकारात्मक प्रयोग गरी दिगो पर्यटकीय क्षेत्रको विकास गर्न आग्रह गर्नुभयो ।

उहाँले नयाँ–नयाँ पर्यटकीय गन्तव्य क्षेत्रको आकर्षण सम्बन्धी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पर्यटकीय क्षेत्रमा लगानीकर्तालाई भित्र्याउन सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख अधिकारीले सत्यतथ्यका आधारमा जनतामा समाचार पस्कन आग्रह गर्दै गलत कार्यलाई सुधार गर्दै गोप्य सूचनाको स्रोतको संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, वरिष्ठ पत्रकार यज्ञ शर्मा र मोहन भण्डारीले भ्रमण वर्षलाई सफल बनाउन सञ्चारकर्मीले सक्रिय भूमिका खेल्ने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -