स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

स्वास्थ्य नीति चाँडो ल्याइने : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल - The Times Of nepal
सेयर गर्नुहोस

१९ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याइने गृहकार्य भइरहेको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–१४, ग्रिन लन्स एकेडमीको २६ औँ वार्षिकोत्सवको शुभारम्भ गर्दै उहाँले विद्यालय आसपास क्षेत्रमा सूर्ति तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याइने बताउनुभयो ।

मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान बनाउन प्राथमिकता दिएको उल्लेख गर्दै निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाइने बताउनुभयो । कामपा १४ का वडाध्यक्ष शोभा सापकोटाले विद्यालयले पाठ्यक्रमका अतिरिक्त अन्य क्रियाकलापमा पनि विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका अध्यक्ष मोहनकुमार बस्नेतले विद्यालयले शैक्षिक गतिविधिका साथै विभिन्न सामाजिक कार्यमा समेत सहयोग गरिरहेको जानकारी दिनुभयो । प्रधानाध्यापक भीष्म पाण्डेले २६ वर्ष अगाडि स्थापित यो विद्यालयले देशको शैक्षिक क्षेत्र उन्नयनमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै विद्यालयमा ७०० विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -